• Thursday 22nd of October 2026

सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, बाहिनी प्रमुख फेरिए


  • धनकुटा खबर
  • .

सशस्त्र प्रहरी बल नेपालका १६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यो निर्णयसँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।
मकवानपुरको गडिमाई बाहिनीमा गणेशबहादुर ठाडा मगर सरुवा भएका छन्। रुपन्देहीको विन्दाबासिनी बाहिनीमा अभिकुमार खत्री, कास्कीको मुक्तिनाथ बाहिनीमा कुलबहादुर नेम्बाङ र महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराईलाई सरुवा गरिएको छ।यस्तै सुनसरीको बराह बाहिनीमा शम्भु सुवेदी, महोत्तरीको छिन्नमस्ता बाहिनीमा कालीदास धौबजी र कैलालीको वैद्यनाथ बाहिनीमा दीपक अधिकारीलाई सरुवा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖