• Thursday 22nd of October 2026

सामाजिक सञ्जालमा भ्रम फैलाउने डिल्लीराम खनाल पक्राउ


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालको माध्यमबाट भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जाल मार्फत् सहकारी प्रकरणमा फरार जिबि राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए।

‘नेपाल प्रहरीको वेभसाईडमा साे भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ।’ उनले भने।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖