• Thursday 22nd of October 2026

सिधाकुरा टिमको बयान सर्वोच्चका न्यायाधीशद्वय फुयाँल र पौडेलको इजलासमा हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ : सिधाकुरा टिमले आज (बिहीबार) सर्वाेच्च अदालतमा बयान दिनुपर्ने भएको छ।सिधाकुरा टिमसँग बयान लिन सर्वाेच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा आजका लागि पेसी तोकिएको हो। ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई बयानका लागि बोलाएको हो।

यसअघि सर्वोच्चको आदेशअनुसार सिधाकुराले ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित विवादित सामग्री हटाउँदै शृ‌ंखला नै स्थगन गरिसकेको छ। तर पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वाेच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।

सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलको टिमलाई अदालतको अवहेलना मुद्दामा कारबाहीका लागि सर्वोच्च प्रशासनले प्रतिवेदन उठाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖