• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेलले लिए वेस्ट इन्डिजको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को दोस्रो विकेट लिएको छ । वेस्ट इन्डिजको दोस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् । उनले वेस्ट इन्डिजका ओपनर जोन्सन चाल्र्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

पेभेलियन फर्किनुअघि चाल्र्सले अर्धशतक बनाएका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए । १० औँ ओभरको अन्तिम बलमा चार्ल्स आउट हुँदा वेस्ट इन्डिजले एक सय एक रन बनाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ ।

शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖