काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने(Rabi Lamichhane)ले पहुँचको भरमा माफी मिनाहा नहुने बताएका छन् ।
बिहीबार बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले अब दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना अब नदेख्ने आग्रह गरे ।
राम्रो आचरण हुने कैदीबन्दीहरूलाई भने कानून बमोजिम माफी मिनाहा हुने लामिछानेको भनाई छ ।
पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिले दिने माफी मिनाहा विवादमा पर्दै आइरहेको छ ।
साथै, गृहमन्त्री लामिछानेले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने आश्वासन दिए ।
