• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्को अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजविरुद्धको जारी शृङ्खलामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शृङ्खलाको पहिलो खेलमा उनले शतक बनाएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो ।

दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖