• Thursday 22nd of October 2026

सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ४ र रञ्जिता समूहमा ३ सांसद छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖