• Thursday 22nd of October 2026

देउवाले इच्छा गरे चाँडै प्रधानमन्त्री बन्ने


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। शुक्रबार नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले देउवालाई प्रधानमन्त्री बन्दा खेललाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

नेपालीहरुले अन्यन्त्र खेलमा राम्रो सीप प्रदर्शन गरेको बताउँदै कोइरालाले भने,‘गरिब राष्ट्र भएकाले हामीले खेलकुदलाई त्यति प्राथमिकता दिन सकेनौं । खेल महत्वपूर्ण जीवनको अंग हो। यसलाई हामीले महत्व दिनुपर्छ। म आदरणीय सभापतिलाई भन्न चाहन्छु, तपाईंले इच्छा प्रकट गर्नुहोस्, आउने दिनहरुमा तपाईं प्रधानमन्त्री बनिहाल्नुहुन्छ । खेललाई चाहिँ प्राथमिकतामा राख्नुहोला ।’

उनले खेलले शरिरलाई हृष्टपुष्ट र तन्दुरुस्त बनाउने तर्क गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖