काठमाडौं । डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुँदैछ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् शनिबार बेलुका ९ बजे नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।
dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
अमेरिकाले विश्वका विभिन्न देशबाट आफ्नो देशमा नागरिकलाई भित्र्याउन हरेक वर्ष डीभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
