• Thursday 22nd of October 2026

घनश्याम भुसाललाई अझै एमालेको चिन्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ बैशाख। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीको आलोचना गरेका छन् । उनले एमालेलाई गलत बाटोमा लैजाने काम ओलीले गरेको आरोप लगाएका हुन् । उनले त ओलीमाथि एमालेलाई नर्कतिर धकलेको गम्भीर आरोप लगाए ।

एकीकृत समाजवादीको जिल्ला कमिटी रुपन्देहीले हिजो (शुक्रवार) भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले ओलीको आलोचना गरेका हुन् ।

सम्बोधनको क्रममा उनले भनेका थिए,‘ओलीजी कसैलाई गन्ने मान्छे होइन । अहिले उहाँ थाक्नुभएको छ र आएर सँगै जाऔँ भन्नुभएको छ । हामीले शंकाको सुविधा दिएका छौँ एमालेलाई र अहिले हामी एउटै गठबन्धनमा छौँ ।’

उनले एमालेमा केपी ओलीको गुट बलियो रहँदासम्म आफूहरुबीच एकता नहुने पनि दाबी गरे । तर, भविष्यमा एमाले र आफ्नो दलबीच एकता हुने सम्भावना रहेको उनले सुनाए । अहिले एमाले त सिद्धान्त, विचार र तरिकाका हिसाबले मृतजस्तो भएको उनको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖