• Thursday 22nd of October 2026

ठमेलमा १९ वर्षीया किशोरी बलात्कृत


  • धनकुटा खबर
  • .

काठमाडौँ – काठमाडौँको ठमेलस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् । उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖