• Friday 23rd of October 2026

ओलीले उद्घाटन गरेको वायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द


  • धनकुटा खबर
  • .

काठमाडौँ – घर–घरमा ग्यास पुर्‍याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको वायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक विस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको वायोग्यास प्लान्ट सञ्चालनमा आउन सकेको छैन् ।

नविकरणीय ऊर्जा विस्तार आयोजनाअन्तर्गत बनेको उक्त प्लान्टको २०७५ भदौ ५ गते विराटनगरमा ओली आफैँले उद्घाटन गरेका थिए। विराटनगर महानगरपालिका–१४ जतुवामा २२० घनमिटर क्षमताको ग्यास प्लान्ट उद्घाटन गर्दै उनले सिलिण्डर ग्यासलाई प्रतिस्थापन गर्ने उद्देश्यअनुरूप काम गरेको उद्घोष गरेका थिए।

सञ्चालनमा आएको तीन वर्ष नपुग्दै प्लान्ट बन्द भएपछि उपभोक्ताको उत्साह अहिले निराशामा परिणत भएको छ। एलपी ग्यासको तुलनामा सस्तो र गुणस्तरीय गोबर ग्यासबाट खाना पकाउन पल्किएका स्थानीय ३२ घरका उपभोक्ता दुई वर्षयता पुनः सिलिण्डर ग्यास किन्न बाध्य बनेका छन्। प्लान्ट पुनः सञ्चालनका लागि करिव २५ लाख रुपैयाँ लाग्ने र त्यसका निम्ति सरकार स्वयंले तदारुकता देखाउनुपर्ने कर्मचारी बताउँछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖