• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

इन्टर मियामीको फराकिलो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले एनवाइ रेड बुल्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एनवाई रेड बुल्सलाई ६-२ गोल अन्तरले पराजित गरको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले ह्याट्रिक गरेका थिए । त्यस्तै यस खेलमा माटियास रोजासले २ तथा लियोनेल मेसीले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा मेसीले ५ गोल असिस्ट गरेका थिए । त्यस्तै रेड बुल्सका लागि दान्टे फोर्सबर्ग र एमिल फोर्सबर्गले एक एक गोल गरेका थिए ।

यो जितपछि लिगको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १२ खेलमा २४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै एनवाई रेड बुल्सको ११ खेलमा १७ अंक रहेको छ र चौथो स्थानमा छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖