• Friday 23rd of October 2026

बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प


  • धनकुटा खबर
  • .

काठमाडौं । सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि आरोहण ठप्प भएको छ ।

पहिलो क्याम्प नजिकैको ५ हजार ९ सय मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।

बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ ।

आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको दावा फुटी शेर्पाले बताए ।

क्याम्प चार हिडेको टोली बाटो भत्किएपछि आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविरनै फर्किएका छन् ।

आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ । बाटो निर्माण भएमा सोमबार बिहानैदेखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले बताए ।

यस वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖