• Friday 23rd of October 2026

गृहमन्त्री मात्र होइन दोषी भए प्रधानमन्त्रीमाथि पनि छानबिन गरेर कारबाही हुनुपर्छ : रामहरि खतिवडा


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसहित समग्र संकटग्रस्त सहकारीमाथि छानबिन हुनुपर्ने बताएका छन्।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सरकारले छानबिन समिति बनाएर मुख्य दोषी लामिछानेमाथि छानबिन गरेन कुनैपनि हालतमा संसद् चल्न नदिने चेतावनी समेत दिए । उनले व्यक्तिमाथि छानबिन हुँदैन भनेर दोषीलाई बचाउने काममा नलाग्न सरकारलाई आग्रह गर्दै कांग्रेसको मागलाई ख्याल ख्याल नठान्न समेत सचेत गराए । गृहमन्त्री मात्र होइन दोषी भए प्रधानमन्त्रीमाथि पनि छानबिन गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री एकदम निष्पक्ष, इमानदार हुनुहुन्छ भन्ने अभिव्यक्ति दिने गरेको बताउँदै उनले जानकारी नभएको कुरामा नबोल्न सुझाए । प्रधानमन्त्री नै यसरी हल्का रुपमा हुने पद्धतिले जनतामा राम्रो सन्देश नजाने उनको भनाई छ।

आफूहरूले कसैलाई दोषी भनेर दाबी नगरेको बताउँदै खतिवडाले निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने बताए। यदि छानबिनपछि कोही निर्दोष भए सफाइ पाउने तर दोषी भए कारबाहीको दायरामा आउने उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖