• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टी–२० विश्वकप जिते खेलाडीलाई १ लाख डलर दिने पाकिस्तानको घोषणा


  • धनकुटा खबर
  • .

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले टी–२० विश्वकप जिते प्रत्येक खेलाडीलाई १ लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् ।

गद्दाफी स्टेडियममा खेलाडीसँग अभ्यास सेसनमा भेट गर्दै उक्त पुरस्कार रकम घोषणा गरेका हुन् । पाकिस्तान अब आयरल्यान्ड र इंग्ल्यान्ड भम्रण सकेर विश्वकप खेल्न अमेरिका पुग्ने छ ।

पाकिस्तान र आयरल्यान्डबीचको तीन टी–२० आई खेलको सिरिज १०, १२ र १४ मेमा हुनेछ ।

त्यसपछि इंग्ल्यान्ड र पाकिस्तानबीच चार टी–२० आई खेलको सिरिज २२, २५ र २८ र ३० मेमा हुनेछ ।

विश्वकपको समूह ए मा पाकिस्तान, अमेरिका, क्यानडा, भारत र आयरल्यान्ड छन् । ६ जुनमा पाकिस्तानले अमेरिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतसँग ९ जुनमा न्यूयोर्कमा खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖