• Friday 23rd of October 2026

झलनाथ भेट्न अर्थमन्त्री वर्षमान डल्लुमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

केहीबेर अघि मन्त्री पुन खनाल भेट्न डल्लु पुगेका हुन् । खनाल र पुनबिच अहिले वार्ता भइरहे पनि के विषयमा कुराकानी केन्द्रित छ भन्ने खुलेको छैन ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖