काठमाडौं, २४ वैशाख । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन जिम्मेवारी पर्खेर बसेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले गल्ती स्वीकार गरेको र पार्टी विभाजनको घाटा महशुस गरेको बताएका हुन् । साथै, आफूले पार्टी नफुटाएको पनि उनले दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको खुट्टा तान्न पार्टीमा आउने नभएर उनलाई सहयोग गर्न एमालेमा आउन लागेको उनले बताए ।
साथै, २०५४ सालमा पनि आफूले पार्टी नफुटाएको वामदेवको दाबी छ । पछिल्लो पटक पनि दुई जना अध्यक्षका कारण आफू एमालेबाट अलग भएको उनले बताए ।
