एजेन्सी । हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए ।
‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए ।
छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै क्षेत्रमा आफ्नो सशक्त अभिनयबाट छुट्टै पहिचान बनाएका थिए ।
टम स्केरिटले सन् १९९३ मा एमी अवार्ड जितेका थिए । सन् १९९४ मा उनलाई ‘पिकेट फेन्सेस’मा जिम्मी ब्रोकको भूमिका निर्वाह गर्ने प्रस्ताव आएको थियो । ठूलो पर्दामा पनि उनले विभिन्न विधाका फिल्ममा उत्कृष्ट अभिनय गरेका थिए ।
