• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो


  • धनकुटा खबर
  • .

मुम्बइ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।

गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ ओभर २ बलमै ३ विकेट गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले अविजित १ सय २ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका ट्राभिस हेडले सर्वाधिक ४८ रन जोडे । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ ।

हैदराबाद ११ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । दिल्लीमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖