• Friday 23rd of October 2026

एमाले विभाजन गरेर खुसी माधवलाई जसपा फुट्दा किन पिर ?


  • धनकुटा खबर
  • .

२०७७ साल भदौ २ गते पूर्व प्रधानमन्त्री समेत रहनु भएका माधव नेपालको खुसीको सीमा थिएन। सर्वोच्च अदालतको आदेशबाट स्थापित भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाल ‘भण्डारे ’जस्तै हुनुहुन्थ्यो।

उहाँले एमाले विभाजनको प्रयास गर्दा संविधान अनुसार ४० प्रतिशत नपुग्ने भएपछि तत्कालीन देउवा सरकारले अध्यादेश जारी गर्दै २० प्रतिशतमा झारी दिएको थियो। त्यो पनि नेपालको आग्रह बमोजिम ।

भदौ २ गते बिहान अध्यादेश जारी गरेपछि माधव नेपाल दिउँसो निर्वाचन आयोग पुग्नु भयो र नेकपा एस दर्ता गर्नुभयो। त्यो दिन नेपालको खुसीको सीमा देखिएको थिएन। किन कि आफै हुर्केका,े आफैलाई प्रधानमन्त्री बनाएको र १५ वर्ष आफैँ प्रमुख भएको पार्टी एमाले फुटाउनुभएको थियो

तर एमाले पार्टी फुटाएको तीन बर्सपछि सोमबार नेपाल फरक भूमिकामा देखिनु भयो। केही दिन अघि आफू प्रधानमन्त्री हुने ‘सपनाको बाँध’ भत्किइसकेको थियो जुन बेला जनता समाजवादी पार्टी नेपाल विभाजित भयो र निर्वाचन आयोगमा अशोक राई को नेतृत्वमा जसपा दर्ता भयो ।

जनता समाजवादी पार्टी नेपाल विभाजन हुँदा आकस्मिक बैठक बस्नु पर्ने पार्टी पनि त्यही थियो। तर फरक दृश्य देखियो। सो पार्टीको औपचारिक प्रतिक्रिया नआई नेकपा एसको आकस्मिक संसदीय दलको बैठक बोलाइयो। कारण थियो नयाँ समीकरण तयार गरेर माधवको प्रधानमन्त्री हुने सपनामा तुसारापात।

माधवले एमाले फुटाउँदा जति खुसी मनाउनुभयो , जसपा फुट्दा त्यो भन्दा दुई गुना दुःख । त्यो पनि संसदीय दलको सोमबार बसेको आकस्मिक बैठकमा ।

नेकपा एकीकृत समाजवादीले पार्टीले उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि राष्ट्रियतालाई कमजोर गर्ने खेल भएको निष्कर्ष निकाल्दै बैठकमै दुःख प्रकट ग¥यो। नेपालको राजनीतिक पार्टीहरूको इतिहासमा विभाजन भएको पार्टीले भन्दा पहिला अर्को पार्टीले चिन्ता र दुख प्रकट गरेको संभावत यो पहिलो घटना हुनसक्छ।

संसदीय दलको बैठकले जसपा विभाजनमा भूमिका खेल्ने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्यो । तर कसले त्यो भूमिका निर्वाह गरेको भन्ने चाहिँ खुलाउने आँट गर्न सकेन।

माधव नेपालको अघिल्लो दिन सम्म मुखमा परे जस्तो भएको प्रधानमन्त्रीको ‘गुलियो लड्डु’ जसपा विभाजन भएपछि अचानक अमिलो भएको थियो। त्यसैले जसपा विभाजन यस कारण निन्दनीय कार्य थियो माधवलाई ।

एसको सोमबार बसेको संसदीय दलको बैठकपछि सांसद शेरबहादुर कुँवरको प्रतिक्रिया थियो , जसपा सरकार र समाजवादी मोर्चामा पनि सहभागी छ। सरकारमा भएको दललाई विभाजित गर्ने गतिविधि जो जो बाट भएका छन्, ती निन्दनीय हुन्। यो देशको राष्ट्रियतालाई कमजोर गर्ने खेल हो ।’उहाँले गठबन्धनमा सहमति भइसकेपछि सबैले पालना गरेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यो तर्क गर्नुको विकल्प थिएन एसलाई । किन कि जसपा विभाजनपछि बनाउन प्रयास गरेको समीकरण चकनाचुर भएको थियो। वर्तमान गठबन्धन जसपा विभाजनपछि एसको समर्थन बिना पनि बहुमतमा रहने अवस्था सृजना भएको थियो। पहिला जस्तै माधव बटारिँदै जाने हो भने कुनै पनि बेला गठबन्धनबाट निकालिने खतरा बढेको थियो। गठबन्धनबाट निकालिए एसको राजनीतिमा ‘स्पेस’ शून्य हुने अवस्था थियो।

गएको निर्वाचनमा नै एसले जितेका १० सिट मध्ये एक्लै लडेको भए ९ सिटमा जमानत जफत हुने तथ्यले देखाएको थियो। यस पटकको उपनिर्वाचनमा सो पार्टीका उम्मेदवारले प्राप्त गरेका मतले यही तथ्य दोहो¥यायो। त्यसैले अहिलेको गठबन्धनमा उभिनुको विकल्प थिएन एसलाई

जसपा नेपाल विभाजन भएपछि सबैभन्दा पहिला एसले संसदीय दलको बैठक बोलाउनुको अर्थ थियो– त्यो रोग पार्टी भित्र सर्ने डर। किन कि त्यो पार्टीमा पहिला देखिनै विद्रोहको गुम्सा हट देखिरहेको छ। कुनै पनि बेला ज्वालामुखी फुट्न सक्ने अवस्था अध्यक्ष माधव नेपाललाई राम्रोसँग थाहा थियो। त्यसैले आकस्मिक दलको बैठक डाक्नु प¥यो।

दलको बैठकमा एसमा विद्रोहको बिम्ब देखिएको एक सांसदले बताए। उनीहरूले समीकरण फेर्ने भन्दै नेपालले सार्वजनिक रूपमा दिएको चेतावनीले घाटा भएको भन्दै उहाँको आलोचना गरेका थिए। त्यसैले अन्तिममा प्रधानमन्त्री हुने सपना ‘अङ्गुर अमिलो’ भन्दै नेपालले माया मार्नु परेको एक नेताले बताए। -चक्रपथ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖