• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै


  • धनकुटा खबर
  • .

काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ । अल हिलालले २० खेलमा २८ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । अल हिलालको ३० खेलमा ८६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको अल नासर अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ ।   त्यसैगरी अल अहलीको ३० खेलमा ५५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖