• Monday 19th of October 2026

जिप दुर्घटना हुँदा ७ जना घाइते(नामावली सहित)


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको जिप सत्बाज-गोकुलेश्वर सडकखण्डको सिदुनमा बुधबार बिहान करिब २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी जिपमा सवार ७ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका- ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

घाइतेमध्ये प्रदीप र पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको छ। जिप चालक पुर्चौंडी नगरपालिका- ९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरी निरीक्षक जोशीले बताए।

जिपमा कति जना सवार थिए भन्ने यकिन भएको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖