• Friday 23rd of October 2026

म प्रधानमन्त्री बन्ने कुरा प्रायोजित हल्ला मात्रै, कांग्रेससँग चिया पसलमा पनि भेट भएको छैन : उपेन्द्र यादव


  • धनकुटा खबर
  • .

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू कांग्रेसको सहयोगमा प्रधानमन्त्री लागेको भन्ने कुरा प्रायोजित हल्ला मात्रै भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेससँग आफ्नो भेट नै नभएको बताए।

वर्तमान सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्न लागेकोले उनको पार्टी फुटाइएको भन्ने चर्चा थियो। त्यसको प्रतिवाद गर्दै उनले भने, ‘संयोग नै हो, यो सरकार बनेदेखि यता त कांग्रेसका कसैसँग पनि भेट भएको छैन। कांग्रेससँग त चिया पसलमा पनि भेट भएको छैन। यी निराधार हल्ला हुन्। कपोलकल्पित हल्ला हुन्। प्रायोजित हल्ला हुन्। यी हल्लाले षडयन्त्र गर्ने आधार बनेको हो।’

उनले एक वर्ष उपेन्द्र यादव, एक वर्ष माधव नेपाल र दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्ने हल्ला चलाइएको भन्दै त्यो प्रायोजित र कपोलकल्पित भएको दोहोर्‍याए। ‘त्यो भ्रम मात्रै थियो। त्यो भ्रममा कोही परेका छन् भने अब त्यसबाट मुक्त भए हुन्छ। त्यस्ता कुनै पनि कुरा थिएनन्। भएका पनि थिएनन्, कुराकानी पनि भएका थिएनन्।’

यादवले त्यस्तो भ्रममा प्रधानमन्त्रीलाई पनि पारिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖