• Friday 23rd of October 2026

बुधबार र बिहीबार हुरीसहित भीषण वर्षा र हिमपातको सम्भावना : मौसम विभाग


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबार र बिहीबार देशका विभिन्न स्थानमा हुरीसहित भारी वर्षा तथा हिमाली भेगमा भीषण हिमपात हुने प्रक्षेपण जारी गरेको छ।

मौसम महाशाखाले आज कात्तिक ६ गते शुक्रबार बिहान साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यो साता (शुक्रबारदेखि बिहीबारसम्म) को अन्त्यमा मौसम केही प्रतिकुल हुन सक्ने देखिएको जानकारी दिएको हो।

बुलेटिनअनुसार यो साता प्रदेशगत रूपमा यस्तो छ वर्षा र हिमपातको सम्भावना-

कोसी प्रदेश

हिमाल : साताको सुरु (शुक्रबार र शनिबार) र मध्य (आइतबार, सोमबार र मंगलबार) मा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना।

पहाड : साताको अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना।

तराई : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई भारी वर्षाको सम्भावना ।

मधेस प्रदेश

हिमाल साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना।

बागमती प्रदेश

हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना।

पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना।

तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको
सम्भावना।

गण्डकी प्रदेश

हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना।

पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना ।

तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको
सम्भावना ।

लुम्बिनी प्रदेश

हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना ।

पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ।

तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ।

कर्णाली प्रदेश

हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना ।

पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना ।

सुदूरपश्चिम प्रदेश

हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना ।

पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना।

तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖