• Friday 23rd of October 2026

सरकार टिकाउन ‘जे पनि’ गरिने प्रधानमन्त्रीको उद्घोष


  • धनकुटा खबर
  • .

काठमाडौं। सत्ता गठबन्धनभित्रका दलहरुबीच टुटफुट भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जसरी र जे गरे पनि ढल्न नदिएर पूरा अवधि चलाइने दाबी गरेका छन्।

आज सुनकोसी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सिन्धुलीको सुनकोसी पालिकामा नेकपा माओवादी कार्यकर्तासँग प्रधानमन्त्रीले अनेक गरेरै भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन्।

‘सत्ता चलाउन र टिकाउन अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, द्विविधा नहोस्,’ उनले भने।

उनले आफूले सरकारको नेतृत्व लिएपछि विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा गुणात्मक र देखिने गरी काम गरेको दाबी गरे। ‘सरकारले नीति, कार्यक्रम र बजेटमार्फत नागरिकमा भरोसा स्थापित गर्ने प्रयास गर्छ। अब विकासको नयाँ युग सुरु हुन्छ’, प्रधानमन्त्रीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖