• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर कटेका छन् । बुधवार मात्रै उनको ‘Sandeep Lamichhane’ नामक पेजले यो आँकडा पार गरेको हो ।

उनले उक्त पेजबाट खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान समेत रहेका लेग स्पिनर लामिछानेले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लगायतका विश्वभर आयोजना हुने प्रमुख टी-ट्वान्टी खेल खेलेका छन् ।

अहिले भने उच्च अदालत पाटनमा लामिछाने विरुद्धको बलात्कार मुद्दा विचाराधीन छ । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय तोकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖