• Monday 19th of October 2026

नाबालिकाको चरित्रहत्या गर्ने शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् ।

निजी विद्यालयका शिक्षक समेत रहेका उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर उनले नक्कली आइडी बनाएर अश्लील कमेन्ट लेखेर चरित्रहत्या गरेका हुन् ।

आरोपीबिरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖