काठमाडौं । कलंकीबाट एक सातादेखि वेपत्ता भएकी चितवनकी २२ वर्षीया स्नेहा लामिछाने पशुपति मन्दिर परिसरमा भेटिएकी छन् ।
उनी पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको हो ।
चितवन कालिका नगरपालिका-६ टाँडी घर भएकी स्नेहा सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत थिइन् । वैशाख १९ गते एक्लै घरबाट निस्किएको उनी सम्पर्कविहिन भएकी थिईन् ।
परिवारले खोजी गरिदिन निवेदन दिएपछि जिल्ला प्रहरी परिसरले उपत्यकाका विभिन्न नाकामा सीसी क्यामराको सहयोगमा खोजी गरिरहेको थियो ।
