• Monday 19th of October 2026

बिद्यालयमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयमा चट्याङ पर्दा तीन जना विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय विश्व विकास रावत, कक्षा ७ मा अध्ययनरत १२ वर्षीया लक्ष्मी गुरुङ र कक्षा ५ मा अध्ययनरत १० वर्षीय यामबहादुर चन्द रहेका छन् ।

दैलेख प्रहरीका अनुसार रावतको पेटमा हल्का जलेको अवस्था छ भने गुरुङको शरीरका विभिन्न भागहरूमा जलेको छ ।

यस्तै चन्दको शरीरको केही भागमा हल्का जलेको अवस्था छ ।

बुधबार दिउँसो ३ बजेको समयमा विद्यार्थी पढिरहेको बेला उक्त विद्यालयको कक्षा ५ र ७ को भवनको बिच भागमा चट्याङ परेको थियो । घाइते विद्यार्थीहरूको नौमुले प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖