• Monday 19th of October 2026

काठमाडौँमा आज बिहानैदेखि हुंदैछ वर्षा


  • धनकुटा खबर
  • .

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा छिटपुटदेखि हल्का वर्षा भइरहेको हो।

‘आधा घण्टा अघिदेखि होला वर्षा भइरहेको’, बिहान ७ बजे उनले भनिन्, ‘उपत्यकाका सबै स्थानमा पानी परेको छैन, अहिले कतै कतै वर्षा भइरहेको छ।’

मौसमविद् मानन्धरका अनुसार आज दिनभर नै मौसम बदली भइरहने र पानी परिरहने सम्भावना छ।

‘आज धेरैजसो समय बादल नै लाग्ने देखिन्छ’, उनले भनिन्, ‘घाम देखिए पनि फेरि बादलले ढाक्ने र पानी पर्ने क्रम जारी रहने सम्भावना देखिन्छ।’

आज उपत्यकाको मौसम शीतल र चिसो हुने उनले बताइन्।

‘अपराह्नपछि हावाहुरी पनि आउने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्।

निरन्तर वर्षा र मौसम बदलीका कारण देशभरसँग उपत्यकाको तापक्रम पनि घटेको छ।

मौसमविद् मानन्धरका अनुसार आज बिहान उपत्यकाको न्यूनतम तापक्रम १४.८ डिग्री सेल्सियस छ भने अधिकतम २४ देखि २६ डिग्री सेल्सियस रहने अनुमान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖