डडेल्धुरा । डडेल्धुराका एक युवक भारतमा मृत फेला परेका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा बिहिवार (हिजो) मृत फेला परेका हुन् ।
उनका आफन्तका अनुसार ४ दिनअघि अहमदाबाददेखि पन्जाब जान्छु भनेर गएपछि हराएका उनी टाउकोमा चोट लागेको अवस्थामा रेलवे स्टेशनमा मृत फेला परेका हुन् ।
परिवारले सागरको हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।
