• Monday 19th of October 2026

यसरी खुकुरी प्रहार गरी हत्या गरिएको रहेछ नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डलाई


  • धनकुटा खबर
  • .

सप्तरी । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।

घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरीले जनाएको छ।

बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो । सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ।

घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖