• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बेंगलुरूले विशाल लक्ष्य दिएको खेलमा पञ्जाब पराजित


  • धनकुटा खबर
  • .

रोयल च्यालेञ्जर्स बेंगलुरूले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा बेंगलुरूले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो।
बेंगलुरूले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो।

पञ्जाबका लागि रिली रोसोले सर्वाधिक ६१ रन बनाए। उनले २७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै सशांक सिंहले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए भने जोनी बैर्स्टोले १६ बलमा ४ चौका र १ छक्का प्रहार गरी २७ रनको योगदान गरे।
कप्तान साम करण १६ बलमा २ चौका प्रहार गरी २२ रन बनाएर आउट भए।

ओपनर प्रवशिमरन सिंह ६ रनमा, जितेश शर्मा ५ रनमा, लियम लिभिङस्टोन शून्यमा, आशुतोश शर्मा ८ रनमा, अर्शदीप सिंह ४ रनमा र हर्षल पटेल शून्यमा आउट भए।
५ रन बनाएर राहुल चाहर नट आउट रहे।

पञ्जाबलाई अल आउट गर्ने क्रममा बेंगलुरूका मोहम्मद सिराजले ३ तथा स्वप्निल सिंह, लकी फर्गुशन र कर्ण शर्माले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको बेंगलुरूले २० ओभरमा ७ विकेट गुमाएर २४१ रनको विशाल योगफल तयार गरेको थियो।

त्यस क्रममा ओपनर विराट कोहलीले ९२ रन बनाए। उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। रजत पाटीदारले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरी ५५ रन जोडे।

क्यामरून ग्रीनले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४६ रनको योगदान दिए। दिनेश कार्थिकले ७ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रन बनाए। कप्तान फाफ डु प्लेसिस ९ रनमा आउट भएका थिए।

बलिङतर्फ पञ्जाबका हर्षल पटेलले ३ विकेट, विद्वथ काभेरप्पाले २ तथा अर्शदीप सिंह र साम करणले १/१ विकेट लिए।
लिग चरणका दुई खेल बाँकी रहँदा बेंगलुरू १० अंक जोडेर सातौं स्थानमा छ। पञ्जाब ८ अंकसहित नवौं स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖