• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीप लामिछाने महत्वपूर्ण सम्पत्ति भन्दै विश्व नम्बर वान बलरले जोगाउन गरे सबै नेपालीमा अपिल


  • धनकुटा खबर
  • .

एसोसिएटका नम्बर वान बलर बिलाल खानले नेपाल क्रिकेटर सन्दीप लामिछानेलाई षडयन्त्रपूर्वक फसाईएकाले सबै नेपालका समर्थक मिलेर उनको उद्धार गर्न अपिल गरेका छन् । जिल्ला अदालतबाट लामिछाने दोषी ठहर भएपनि जिल्ला अदालतको फैसलालाई ट्रायलका रुपमा मान्दै उच्चमा पुनरावेदन दिएका सन्दीपको मुद्दालाई प्रभावित गर्न अनेक व्यक्तिले षड्यन्त्र गरिरहेको सन्दीपको गुनासो छ ।

बिलाल खान एसोसिएटका नम्बर वान तीब्र गतिका बलर हुन् । स्पिन बलरमा भने लामिछाने बिश्वमै पहिलो नम्बरमा छन् । लामिछाने गम्भीर मानसिक अवस्थाबाट गुज्रिरहेको जानकारी पाएपछि उनले लामिछानेलाई सबै समर्थक मिलेर यो अबस्थामा आफ्नो महत्वपूर्ण सम्पत्ति जोगाउन अपिल गरेका छन् । लामिछाने पछिल्लो समय निकै नकारात्मक अवस्थाबाट गुज्रिरहेका छन् ।

उनको पक्षमा केही समर्थक बाहेक कसैले आवाज उठाएका छैनन् । क्यानले त निलम्बन गरेर कुनै पहल नगरी बसेको छ । क्यानका एक अधिकारीले भने त्रुटिनै त्रुटिभएको जिल्ला अदालतको फैसलालाई सम्मान गर्ने भन्दै स्टाटस लेखिसकेका छन् । यहाँबाट प्रष्ट थाहाँ हुन्छ की क्यान नै सन्दीप लामिछाने आफ्नो महत्वपूर्ण सम्पत्तिलाई जोगाउने पक्षमा छैन् ।

बिदेशी क्रिकेटरहरु लामिछानेलाई षडयन्त्रपूर्वक फसाइएको खुलासा सतहमा आएपछि लामिछानेको पक्षमा खुलेका छन् । उनीहरु लामिछाने जस्तो क्रिकेटर खेलमा फर्किनुपर्ने भन्दै भगवानसँग प्रार्थन गरिरहेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖