• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ओमानका क्रिकेटर बिलान खानले लभ इमोजीसहित शेयर गरे सन्दीपको फोटो


  • धनकुटा खबर
  • .

काठमाडौं । ओमनका क्रिकेटर बिलान खानले लभ इमोजीसहित सन्दीप लामिछानेको फोटो राखेका छन् । उनले सामाजिक सञ्जाल इन्ष्टाग्राममार्फत लभ इमोजीसहितको सन्दीप लामिछानेको फोटो सार्वजनिक गरेका हुन् ।

सन्दीप लामिछाने अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली बाहिर छन् । जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उनी राष्ट्रिय टोलीबाट बाहिर छन् । उनको मुद्दा उच्च अदालतमा विचाराधीन छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्ने टोलीको घोषणा गर्दा सन्दीप टोलीबाहिर छन् । धेरैले सन्दीपलाई टोलीमा समावेश गर्नुपर्ने आवाज उठाएका छन् । बिलान खान ओमानका अनुभवी तथा महत्वपूर्ण खेलाडी हुन् । ओमनले नेपाललाई सुपर ओभरमा पराजित गर्दा बिलानले महत्वपूर्ण ३ विकेट लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖