• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

लगातार ४९औँ खेलमा अपराजित रहँदै बायर लेभरकुजन युरोपा लिगको फाइनलमा


  • धनकुटा खबर
  • .

एजेन्सी । जर्मन क्लब बायर लेभरकुजन युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । जारी सिजनको बुन्डेस लिगा च्याम्पियन बायर लेभरकुजन बलियो इटालियन क्लब रोमालाई हराउँदै फाइनलमा पुगेको हो ।

सेमिफाइनलको दोस्रो लेग खेलमा बिहीबार राति बायर लेभरकुजनले रोमालाई २–२ गोलको बराबरीमा रोक्यो । उक्त नतिजासँगै बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा पनि ४९ खेल पुर्याएको छ । यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा बायर लेभरकुजनले रोमालाई २–० गोलले हराएको थियो ।

बायर लेभरकुजन ४–२ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो । सेमिफाइनलको दोस्रो लेग खेल लेभरकुजनको घरेलु मैदानमा खेलिएको थियो । दोस्रो लेग खेलमा बायर लेभरकुजनले उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको ४३औँ मिनेटमा रोमाका लागि लियान्ड्रो पेरेडसले पेनाल्टीमार्फत गोल गरेका थिए । ६६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल थप्दै रोमालाई २–० ले अगाडि बढाएका थिए । त्यसपछि खेलमा बायर लेभरकुजनले उत्कृष्ट पुनरागमन गरेको थियो ।

निर्धारित समयको ८२औँ मिनेटमा भ्रमणकारी टोली रोमाका जियानलुका मान्सिनीबाट आत्मघाती गोल भएको थियो । इन्जुरी समयको सातौँ मिनेटमा जोसिप स्टानिसिचले अर्को गोल गर्दै लेभरकुजनलाई सम्भावित हारबाट जोगाएका थिए ।

बायर लेभरकुजनले आफ्नो अपराजित यात्रा पनि ४९ खेल पु¥याएको छ । त्यसमध्ये ४० खेलमा बायर लेभरकुजनले जित हात पारेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖