• Monday 19th of October 2026

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री जाने भएपछि दिइयो सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड जाने भएका छन्।

दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ।

भवन उद्घाटनका लागि प्रधानमन्त्री नै जाने भएपछि पालिकाभरी सार्वजनिक बिदा दिइएको छ।

गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कार्यपालिका बैठकले निर्णय गरेर प्रशासकीय भवन उद्घाटनको दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए।

स्थानीय सरकारले वर्षमा पाँच दिन सार्वजनिक बिदा दिन पाउँछ।त्यसमा अझै तीन दिन बाँकी नै थियो। प्रधानमन्त्री आउने भनेपछि कर्मचारीहरूले अरू काम पनि गर्न नभ्याउने भएर बिदा दिइएको हो,’ उनले भने।
पालिकाभित्र बिदा दिन पाउने अधिकार स्थानीय सरकारलाई भएको पनि उनले बताए।

‘यो हाम्रो अधिकारको विषय हो। कार्यपालिकाले निर्णय गरेपछि हुन्छ,’ अध्यक्ष केसीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖