• Monday 19th of October 2026

आफ्नै श्रीमतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने श्रीमान् पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। आफ्नै श्रीमतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले मकवानपुरको छतिवन-७ चुलुङ्गा स्थायी घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ परेको छ।

प्रहरीका अनुसार जाहेरवाला विदेशमा रहेका बेला श्रीमानसँग ह्वाट्सएपमा कुराकानी गर्नेक्रममा आदानप्रदान भएका आफ्ना गोप्य अंगका तस्विरहरु फुर्साङले नक्कली अकाउन्ट बनाएर स्टोरी बनाएका थिए।

फुर्साङलाई अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖