• Saturday 28th of November 2026

प्रधानमन्त्रीलाई गगनले भने- गृहमन्त्रीलाई तपाईँले धोएर धोइन्न, पखालेर पखालिन्न


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले धोइ पखाली गरेर नहुने बताए।

उनले भने- प्रधानमन्त्रीजी सरकारले गरिरहेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। ढाकछोप गरियो राज्यका तमाम अंगहरुलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो तपाईँहरूले धोएर धोइन्न, पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।

उनले अब सदन अघि नबढ्नेको जिम्मेवार कांग्रेस नभई सरकार आफैँ हुने बताए।

उनले भने- हामीले संसदीय छानबिन समिति मात्रै बनाउनुस् अरू केही पनि चाहिँदैन। सरकार तपाईंहरुले चार वर्ष चलाउनुस् समिति बनाउनुस् तपाईँहरू नेतृत्व गर्नुस्, हामीलाई गलत साबित गरिदिनुस्, हामी सही छौँ भने हाम्रो कुरा रहन्छ, हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने ? पेल्न खोज्ने ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖