• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

शीर्ष स्थानमा रहेको कोलकातालाई दौडबाट बाहिरिएको मुम्बईको चुनौती


  • धनकुटा खबर
  • .

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६० औँ खेलमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यो सिजन कोलकाता र मुम्बईबिचको दोस्रो खेल हुनेछ । पछिल्लो खेलमा कोलकाता २४ रनले विजयी भएको थियो ।

आज कोलकाताको सिजनको १२ औँ खेल हुनेछ । टोलीले ११ खेलमध्ये ८ मा जित र ३ मा हार बेहोरेको छ । टोली अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता मुम्बईको यो १३ औँ खेल हुनेछ, १२ खेलमध्ये ४ जित र ८ हारमा बेहोरेको मुम्बई ८ अंकसहित नवौँ स्थानमा छ । आजको खेल जितेर केकेआर प्लेअफमा पुग्ने छ । मुम्बई भने यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।

हेड टु हेडमा मुम्बई अगाडि
मुम्बई हेड टु हेडमा कोलकाताभन्दा अगाडि छ । यी दुईबिच ३३ आईपीएल खेल भएका छन्, जसमा मुम्बईले २३ र कोलकाताले १० खेल जितेका छन् ।

दुवै टोली इडेन गार्डेनमा १० पटक भिडेका छन् । यसमध्ये मुम्बईले ७ पटक जितेको छ भने केकेआरले ३ पटक मात्रै जितेको थियो ।

नरेनले उत्कृष्ट फर्ममा
कोलकाताको उत्कृष्ट लय यो सिजन जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट लयमा छन् । टोलीका लागि सुनिल नरेन र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् ।

नरेन ४६१ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । ११ खेलमा १६ विकेट लिएर वरुण चक्रवर्ती सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

मुम्बईका लागि तिलक सर्वाधिक रन बनाउने खेलाडी
यो सिजन मुम्बईको टोली लयमा देखिएन । टिमका लागि सर्वाधिक रन बनाउने खेलाडीमा तिलक वर्मा शीर्ष स्थानमा छन् । उनले १२ खेलमा ३८४ रन बनाएका छन् । उनीबाहेक सूर्यकुमार यादव ३ सय ३४ रन बनाएर दोस्रो स्थानमा छन् ।

टिमका लागि स्टार फास्ट बलर जसप्रित बुमराहले सर्वाधिक विकेट लिएका छन् । उनले १२ खेलमा १८ विकेट लिएका छन् ।

पिच रिपोर्ट
इडेन गार्डेन रंगशालाको पिच ब्याटिङमैत्री छ । यस रंगशालामा हालसम्म ९२ आईपीएल खेल खेलिएका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेका छन् भने पछ्याउने टोलीले ५५ खेल जितेका छन् ।

यस स्टेडियमको उच्चतम टोली स्कोर २६२/२ हो, जुन यस वर्ष कोलकाताविरुद्ध पञ्जाब किंग्सले बनाएको थियो।

मौसमको अवस्था
कोलकातामा आज पानी पर्ने सम्भावना छ। बिहान केही स्थानमा हावाहुरी र दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

दिनभर मौसम बदली रहनेछ । वर्षाको सम्भावना ८० प्रतिशत छ। तापमान २६ देखि ३२ डिग्री सेल्सियस बिच रहन सक्छ।

दुबै टोलीको सम्भावित प्लेइङ-११
कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, अङ्क्रिश रघुवंशी, वेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षल पटेल।

इम्प्याक्ट प्लेयर : वैभव अरोरा।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖