• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कर्णाली हाफ म्याराथनको उपाधि आर्मीका नरेन्द्रले जिते , महिलातर्फको उपाधि एपिएफकी भण्डारीलाई


  • धनकुटा खबर
  • .

नेपाल आर्मीका नरेन्द्र रावतले प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन्।

शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको हाफ म्यारथन प्रतियोगितामा नेपाली सेनाका रावत प्रथम भएका हुन्।
प्रतियोगितामा नेपाली सेनाकै रामजी बस्नेत द्वितीय र श्रीकश राई तेस्रो भएका छन्।

सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरी चौथो भएका छन्।
यस्तै प्रथम ज्ञान कर्णाली हाफ म्यारथनको म्याराथनको महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारीले जितेकी छन्। २१ किलोमिटर दौडमा एपीएफकी भण्डारीले उपाधि जितेकी हुन्।

भण्डारी एपीएफबाट अन्तर्राष्ट्रिय स्तरका दौड प्रतियोगितामा पनि सहभागी हुँदै आएकी छन्।

महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो भएकी छन्। जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖