• Monday 19th of October 2026

यसरी दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, मोटरसाइकल भेरीमा डुब्यो


  • धनकुटा खबर
  • .

सुर्खेत । मोटरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖