• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो


  • धनकुटा खबर
  • .

कोलकाता —कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

खेल १६ ओभरमा छोट्याइएको थियो र त्यसमा पहिले ब्याटिङ गर्दै कोलकाताले ७ विकेटमा १ सय ५७ रन बनाएको थियो । वेन्कटेश अयरले सर्वाधिक ४२ रन बनाए ।

जवाफमा मुम्बईले ८ विकेट गुमाएर १ सय ३९ रनमात्रै बनाउन सक्यो ।

कोलकाता १२ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । मुम्बईको सम्भावना भने समाप्त भइसकेको छ । उसको १३ खेलबाट ८ अंकमात्रै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖