• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालले वेस्टइन्डिज र अमेरिकामा ३-३ अभ्यास खेल खेल्ने


  • धनकुटा खबर
  • .

आसन्न टि–२० विश्वकपको तयारीका लागि नेपाली टिमले अमेरिका र वेस्टइन्डिजमा समान ३ अभ्यास खेल खेल्ने भएको छ।

केही दिनअघि अमेरिका पुगेको नेपाली टिम अहिले फ्लोरिडामा अभ्यास गरिरहेको छ। नेपाली टिमले बिहीबारबाट अभ्यास थालेको हो।
नेपाली टिमले मायमीको मिरामर रिजनल पार्कमा मे ११ सम्म अभ्यास गर्न त्यसपछि टिम वेस्टइन्डिज प्रस्थान गर्ने छ।

नेपाली टिम वेस्टइन्डिजमा १ साता रहने छ। त्यहाँ नेपालले अभ्यास खेल्ने तालिका रहेको क्यानले जनाएको छ।

त्यसपछि मे २०मा टेक्सास फर्किएर नेपाली टिमले मे २४ सम्म विश्वकपको अन्तिम तयारी गर्ने छ। ह्यस्टनमा पनि नेपालले ३ अभ्यास खेल खेल्ने छ।

मे २५ देखि विश्वकपका वार्मअप खेलहरु सुरुहुनेछ। जसमा नेपालले पनि २ खेल खेल्ने छ। तर, वार्मअपका कोसँग खेल्न त्यो भने टुंगो लागिसकेको छैन।

विश्वकपमा नेपाल समूह दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँगै समूह डीमा छ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर(८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖