• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रियल मड्रिडको सहज जित


  • धनकुटा खबर
  • .

स्पानिस ला लिगाको उपाधि पक्का गरिसकेको रियल मड्रिडले ग्रानडाविरुद्ध सहज जित हात पारेको छ ।

ब्राहिम डियाजको दुई गोलमा रियलले ग्रानडालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो । डियाजले खेलको ४९औं र ५८औं मिनेटमा गोल गरे ।

यस्तै फ्रान गार्सियाले ३८औं तथा अर्दा गुलेरले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

उपाधि पक्का गरिसकेको रियलको ३५ खेलबाट ९० अंक भएको छ ।

उता ग्रानडा भने यसअघि नै रेलिगेसनमा परिसकेको छ । ग्रानडाको ३५ खेलबाट २१ अंक मात्र छ र पूछारबाट दोस्रोमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖