चितवन । नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका– १७, गाजीपुरस्थित नारायणी नदी किनारमा नदीले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला परेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मृत पुरुषको परिचय खुल्न सकेको छैन । शव रहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय चनौलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
