• Monday 19th of October 2026

बत्तीसपुतलीको बीच बाटोमै युवकको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ३० । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गए राति हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धिमालको बीच सडकमै हत्या भएको हो । प्रहरीले घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको । आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ ।

धिमाललाई गए राति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖