• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् टी–२० विश्वकप खेलाउने २० अम्पायर र ६ म्याच रेफ्री (नामसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागी हुने म्याच अफिसियलको नाम सार्वजनिक गरेको छ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको सूचीमा २० जना अम्पाएर र ६ जना म्याच रेफ्री छन्। पहिलो पटक २० टोली सहभागी हुन लागेको विश्वकपमा २८ दिनमा ९ स्थानमा कुल ५५ खेल हुनेछ।

अम्पाएरहरुको एलिट सुचीमा गत वर्षका आईसीसी अम्पाएर अफ दि इयरका विजेता डेभिड शेफर्ड ट्रफीका विजेता रिचर्ड इलिंगवर्थसँगै कुमार धर्मसेना, क्रिस गफानी र पल रिफेल छन्।

म्याच रेफ्रीहरुमा रञ्जन मदुगलेका साथै टी–२० ढाँचाका अनुभवी रेफ्री जेफ क्रो छन्। क्रोले टी–२० आइमा १ सय ७५ खेलमा कीर्तिमान कायम गरेका छन्। त्यस्तै डेभिड बुन, एन्ड्रयु पाइक्राफ्ट, रिची रिचर्डसन र जाभागल श्रीनाथ छन्।

टी–विश्वकप २०२४ का अम्पाएरहरु :

क्रिस ब्राउन, कुमार धर्मसेना, क्रिस गफानी, माइकल गफ, एड्रियन होल्डस्टक, रिचर्ड इलिंगवर्थ, अल्लाउहुदिन पालेकर, रिचर्ड केटलबरो, जयरामन मदनगोपाल, नितिन मेनन, साम नोगास्की, अह्सन राजा, राशिद रियाज, पल रिफल, ल्याङटन र्‍युसर, शाहिद सैकत, रोडनी टकर, एलेक्स ह्वार्फ, जुअल विलसन र असिफ याकुब

म्याच रेफ्री : डेभिड बुन, जेफ क्रो, रञ्जन मदुगल, एन्ड्रयु पाइक्राफ्ट, रिची रिचर्डसन र जाभागल श्रीनाथ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖