• Monday 19th of October 2026

मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको वनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।अनियन्त्रित भइ मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो।

वनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प. ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-००६ ख. २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका-७ की इन्दिरा अधिकारी रहेकी छन्। उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन्।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मोटरसाइकल चालक सन्तोष घाइते छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖